प्रतिपक्षीको नाराबाजीका बीच प्रदेशसभा बैठक सञ्चालन

असार २१, २०७७ | धनगढी

प्रमुख प्रतिपक्षीको विरोधकाबीच सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले कोभिड–१९ भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ठोस योजना नल्याएसम्म बैठक सञ्चालन गर्न नदिने भन्दै नारावाजी गरेका थिए । 

नारावाजीका बीच सभामुख अर्जुनबहादुर थापाले आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई आगामी बर्षको वार्षिक राजस्व र व्ययको अनुमानमाथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिनुभएको थियो । मन्त्री बोहराको सो प्रस्तावलाई पारित भएको घोषणा सभामुख थापाले गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशसभामास्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको लगायत विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी प्रदेशसभालाई गराउनासाथ प्रतिपक्षी सांसदहरु नाराबाजीमा उत्रिएका थिए । 


प्रतिक्रिया