मृत्यु भएको १४ घण्टापछि कोरोना पोजेटिभ

असार २१, २०७७ | बागलुङ

बागलुङको निसीखोला गाउँपालिका–२ का २९ वर्षीय पुरुषको मृत्यु भएको १४ घण्टापछि कोरोना भाइरस पोजेटिभ देखिएको छ । 

शनिबार राति १२ बजे मृत्यु भएका उनको आइतबार दिउँसो मात्रै पोजेटिभ रिपोर्ट आएको हो । 

मृतकको परिवारका ५ जनाको स्वाब संकलन गरिएकोमा ३ जनाको शनिबार नेगेटिभ आएको थियो । 

एक बालकको भने स्पष्ट नभएपछि फेरि स्वाब संकलन गरिने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना शर्माले बताउनुभयो । 

फोक्सोका बिरामी भएकाले लकडाउन अघिनै ती युवा उपचारका लागि भारत गएका थिए । असार ३ गते नेपाल फर्किएका उनी बागलुङमा क्वारेन्टिनमा बस्दै आएका थिए । 

उपचार सम्भव नहुने भएपछि परिवारका सदस्यले उनलाई घर फिर्ता लगेका थिए । 

ती पुरुषसँगै भारतबाट आएका अन्य युवाहरु ढोरपाटन नगरपालिकाको उत्तरगंगा माविको क्वारेन्टिनमा बसेका छन् । 

नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताउनुभयो । 


प्रतिक्रिया