नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

तस्बिर : रोयटर्स 

असार २२, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । 

बाग्लुङको नेशीखोलाका गाउँपालिका–३ का २९ वर्षीय पुरुषको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उनी ढोरपाटन गाउँपालिकाको क्वारेन्टिमा बस्दै आएको उनको हिजो मृत्यु भएको थियो । उनी भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका थिए ।


प्रतिक्रिया