सलह किनेर जलाइयो

असार २४, २०७७ | रुकुम

– रुकुम पूर्वका स्थानीयले तहले सलह किनेर जलाएको छ । भूमे गाउँपालिकाले स्थानीयले संकलन गरेको सलह खरिद गरेर जलाएको हो । भूमे गाउँपालिका–२, खाबाङबगरका ३ जना स्थानीयले संकलन गरेको ८० किलो सलह खरिद गरेर जलाएको हो । प्रति किलो ४० का दरले तीन हजार दुई सय रुपैयाँमा खरिद गरिएका सलह जलाइएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताउनुभयो ।

 ५ नम्बर प्रदेश सरकारले दिएको प्रति किलो २० रुपैयाँँमा गाउँपालिकाले थप २० थपेर प्रति किलो ४० रुपैयाँमा सलह खरिद गरेको श्रेष्ठले जनकारी दिनुभयो । धनपूर्ण बुढाले ४०, भूमा बुढा र राती बुढाले २०/२० किलो सलह जम्मा पारेका थिए । केही दिन अघि भित्रिएको सलहले त्यस क्षेत्रमा लगाइएको वर्षेबाली र वनजंगलमा समेत ठूलो क्षेती गरेको स्थानीय बलबहादुर बुढाले बताए । सलह केहीदिनदेखि सोही क्षेत्रमा तलमाथि गरिरहेको छ । कति स्थानीयले भने सलह पकाएर खाएका पनि छन् । 


प्रतिक्रिया