अरुणोदय माविमा पूर्व विद्यार्थी समाज स्थापना

असार २८, २०७७ | काठमाडौं

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा २००७ सालमा स्थापना भएको अरुणोदय माध्यामिक विद्यालयमा पूर्व विद्यार्थी समाज स्थापना गरिएको छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न मद्दत गर्ने उद्देश्यले समाजको स्थापना गरिएको समाजका अध्यक्ष त्रिलोचन पौडेलले बताउनुभयो । 

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न, भौतिक अवस्थालाई सुधारको आवश्यक रहेकाले पूर्व विद्यार्थीहरुले सहयोगका लागि समेत योजना बनाएको अध्यक्ष पौडेलले बताउनुभयो । 

२०४२ यता सो विद्यालयबाट एसएलसी दिएका विद्यार्थीको भेलाले साउन ३ गते विद्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यक्रम समेत तय गरेको छ । 

भेलाले समितिको उपाध्यक्षमा विमला रुपाखेती र रुपक थापालाई चयन गरेको छ । 


प्रतिक्रिया