हवाई फायर गरेर लागु औषध कारोबारी पक्राउ

असार ३०, २०७७ | रुकुम पश्चिम

हवाई फायर गरेर प्रहरीले अवैध लागु औषध अफिम सहित रुकुम पश्चिमबाट एक जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालयको एक टोलीले ४ किलो ५ सय ग्राम अफिम सहित एक बाँफिकोट गाउँपालिकाका ३५ वर्षीय शंकर पुरीलाई पक्राउ गरेको हो । सडकमा हिडिरहेका २ जनालाई शंका लागेर सोधपुछ गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएको थियो । 

त्यसपछि एक राउण्ड हवाई फायर गरेर प्रहरीले पुरीलाई नियन्त्रणमा लिएपनि अर्का भने फरार भएका थिए । प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले उनको खोजी भइरहेको जानकारी दिनुभयो ।

पुरीको साथबाट प्रहरीले नगद २६ हजार र एक थान मोवाइल बरामद गरेको छ । 


प्रतिक्रिया