निजी विद्यालयले तत्काल अनलाइन कक्षा सञ्चालन नगर्ने

श्रावण ५, २०७७ | काठमाडौं

– निजी विद्यालय सञ्चालकले तत्काल वैकल्पिक सिकाई कार्यक्रम शुरु नगर्ने संकेत गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विद्यार्थी भर्ना र शुल्कका विषयमा स्पष्ट धारणा आइनसकेको भन्दै निजी विद्यालय सञ्चालक भने अन्यौलमा देखिएका छन् । 

प्याव्सनका सहअध्यक्ष डीके ढुंगानाले मन्त्रालयबाट स्पष्ट धारणा नआइन्जेल आफूहरुले अनलाइन कक्षा सञ्चालन गर्न नसक्ने बताउनुभयो । संस्थागत विद्यालयले बैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । आफूहरुको समस्या समाधानका लागि सरकार उदासिन रहेको भन्दै निजी विद्यालय सञ्चालकले साउन १ गतेदेखि अनलाइन कक्षा स्थगन गर्दा अभिभावक र विद्यार्थी भने मर्कामा परेका छन् ।

यसैबीच मन्त्रालयका प्रवक्ता दीपक शर्माले निजी विद्यालयका विद्यार्थीलाई समेट्ने गरी सरकारले वैकल्पिक सिकाई अन्तर्गत रेडियो टेलिभिजनबाट कक्षा सञ्चालन गरीरहेकाले विद्यार्थीलाई असर नपर्ने बताउनुभयो । निजी विद्यालयले स्वेच्छाले कक्षा सञ्चालन गरेकाले पुन: कक्षा सञ्चालन गर्ने अधिकार समेत उनीहरुमै रहेको उहाँको भनाई थियो ।


प्रतिक्रिया