कार्यालय सहायकले ९ महिना सम्म तलब पाएनन

श्रावण ८, २०७७ | मुगु

मुगुको सोरु गाउँपालिकामा कार्यरत ९ जना कार्यालय सहायकले विगत ९ महिना देखि तलव सुविधा पाउन सकेका छैनन् ।

गाउँपालिकामा कार्यरत कार्यालय सहायकलाई प्रति महिना ८ हजार तलव दिने निर्णय गरेर स्वास्थ्य कार्यलय र गाउँपालिकामा सहायक कर्मचारीको रुपमा नियुक्ती गरिएको थियो । कार्यालय सहायक दिप बहादुर बुढाले लामो समय तलव सुविधा नदिदा दैनिक खर्च चलाउन समस्या भएको बताउनुभयो । 

उहाँले पटक–पटक तलवको माग गर्दा वेवास्ता गर्ने गरेको बताउनुभयो । गाउँपालिका प्रमुख लोकबहादुर शाहीले भने बजेटको ब्यबस्था मिलाएर तलब दिने बताउनुभयो । गाउँपालिकाका ३८ जना स्वास्थ्यकर्मीले अझै कोरोना महामारी नियन्त्रणमा खटिए बाफतको जोखिम भत्ता पाएका छैन । 


प्रतिक्रिया