बुटवलमा ३ भारतीय नागरिकमा कोरोना पुष्टि

श्रावण १२, २०७७ | रुपन्देही

रुपन्देहीको बुटवलमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको एक होटलमा बसेका ३ जनामा कोरोनाको संक्रमण देखिएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका उनीहरुको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले बताउनुभयो ।

उहाँका अनुसार बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना पसलमा काम गर्ने उनीहरु भारतबाट आएर सो होटलमा बसेका थिए । उनीहरु तीनै जना भारतीय नागरिक हुन् । पीसीआर परीक्षणमा शुक्रबार कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखाना रामनगरस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ । 

शुक्रबार उनीहरुमा कोरोना पोजिटिभ देखिए पनि उपमहानगरले सोमबार मात्रै सार्वजनिक गरेको हो । अहिले पुरानो बसपार्कमा रहेको पूर्वाञ्चल होटल र गण्डकी सिरक डसनालाई शिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारलाई समेत क्वारेन्टिनमा राख्ने तयारी भई रहेको सिहंले बताउनुभयो । 


प्रतिक्रिया