महाकालीमा बाढी, नदी किनारका बासिन्दालाई सतर्क रहन सूचित

श्रावण १४, २०७७ | कञ्चनपुर

महाकाली नदीमा पानीको सतह बढेपछि नदी किनारका बासिन्दालाई सतर्कताका लागि सचेत गरिएको छ । 

नदीमा बाढीको सतह बढ्ने क्रम जारी भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय गड्डा चौकीका अनुसार बुधबार दिउँसो महाकालीमा पानीको बहाव १ लाख ९६ हजार क्युसेक पुगेको पुगेको छ । डडेलधुराको जोगबुढा क्षेत्रमा यसअघि नै पानीको सतह ७ मिटर नजिक पुगेकाले खतरा बढेको भन्दै सूचित गरिएको थियो ।

महाकालीमा पानीको सतह बढ्न थालेपछि नदी किनारका वस्तीलाई सतर्कताका लागि सूचित गरिएको डीएसपी थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जोगबुडाबाट यसअघि नै नदीको सतह खतराको तह नजिक भएको जानकारी आएको थियो, त्यहि अनुसार हामीले पनि तनी किनारमा सुचित गरिरहेका छौं ।’

महाकालीमा पानीको सतह १ लाख क्युसेक पुग्ने बितिक्कै शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन आवतजावतमा बन्द गरिएको छ । जीर्ण पुलमा जोखिम हुने भएकाले बन्द गरिएको हो ।  


प्रतिक्रिया