नुवाकोटका दुईवटा स्थानीय तहमा निषेधाज्ञा

श्रावण २१, २०७७ | काठमाडौं

– नुवाकोटको ककनी गाउँपालिका ५ र विदुर नगरपालिका ९ मा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । विदुरनगरपालिका ९ मा एक जना महिला र ककनी गाउँपालिका ५ मा एक जना पुरुषमा कोभिड १९ संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । 

पाँच दिनअघि सुगर रोगले काठमाडौं उपचार गराउन आएका ६० वर्षिय एक पुरुषलाई पिसिआर रिपोर्टमा कोरोना देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो ।

त्यसैगरी विदुनगरपालिका ९ मा २५ वर्षिया एक महिलामा कोरोना संक्रमण देखिएपछि शहीद गंगालाल ह्दय रोग केन्द्रमा उपचार भैरहेको छ । दुई साताअघि काठमाडौ आवतजावत गरेकी उनको रिपोर्टमा कोरोना संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभयो ।   


प्रतिक्रिया