कोरिया मैत्री अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

मध्यपुर थिमि नगरद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर 

श्रावण ३१, २०७७ | भक्तपुर

भक्ततपुरको नेपाल कोरिया मैत्री अस्पतालमा कार्यरत नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । 

सो अस्पतालमा कार्यरत मध्यपुर थिमि नगरपालिकाका ३ स्टाफ नर्स सहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पतालमा कार्यरत ३ स्टाफ नर्स र एक जना सहयोगीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्म अस्पातालको आईसीयू, ओपीडी लगायत सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

संक्रमित चारै जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । अस्पतालको मेडिकल अफिसर लगायत कर्मचारीको पनि पीसीआर परीक्षण गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया