दाङमा आजदेखि जोरबिजोर लागू

भाद्र ११, २०७७ | दाङ

दाङमा आजदेखि यातायात साधन सञ्चालनमा जोरबिजोर नियम लागू भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि जोरबिजोर प्रणाली लागू गरिएको कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । मंगलबार बसेको केन्द्रको बैठकले आजदेखि जोरबिजोर प्रणालीसंगै मास्क नलगाई हिड्नेलाई एक सय रुपयाँ जरिवाना गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो । 

जोरबिजोर नियम उल्लंघन गर्नेलाई होल्डमा राख्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने काम भैरहेको रिजालले बताउनुभयो । दाङमा हिजो मात्रै १६ जना कोरोना संक्रमित भेटिएका थिए । जसबाट कोरोना समुदायमा फैलने सम्भावना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो । 

बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, सरकारी कार्यालयका चालक र सर्वसाधारणमा कोरोना देखिन थालेपछि जोखिम बढेको उहाँले बताउनुभयो । हालसम्म जिल्लामा ७ सय ४७ जना संक्रमित भएको र तीमध्ये ६१ जना संक्रमितको आइसोलेसनमा राखेर उपचार भैरहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया