कृत्रिम तालमा डुबेर युवक वेपत्ता

भाद्र २२, २०७७ | दाङ

दाङको घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम तालमा डुबेर एक युवक वेपत्ता भएका छन् । 

घोराही ४ भकारेमा निर्मित कृतिम तालमा डुबेर स्थानीय २२ बर्षीय गोपाल सुनार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

चार जना साथीहरुसँग पौडी खेल्न गएका सुनार डुबेर बेपत्ता भएपछि तत्कालै खोजी थालिएपनि ताल गहिरो भएका कारण भेटाउन नसकिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी सुमित खड्काले बताउनुभयो । वेपत्ताको खोजिकार्य अहिलेपनि जारी रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया