सप्तरीमा थप १५ जनामा कोरोना पुष्टि

भाद्र २५, २०७७ | राजविराज

सप्तरीमा ९ जना कैदीबन्दी सहित बिहीबार थप १५ जना कोरोना भाइरसको संक्रमण देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार राजविराज कारागारका ९ जना कैदीबन्दी र दुई प्रहरीमा संक्रमण पुष्टि भएको हो । यसअघि पनि ७ जना कैदीबन्दीमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै, बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालका दुई जना कर्मचारी र राजविराज नगरपालिका वडा नम्बर २ र ६ का एक/एक जना गरी कुल १५ जना संक्रमित थपिएका छन् । बिहीबार थपिएका समेत गरी जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ८९ पुगेको छ । 


प्रतिक्रिया