कञ्चनपुरमा शनिबार थप १२ जनामा कोरोना पुष्टि

भाद्र २७, २०७७ | कञ्चनपुर

कञ्चनपुरमा शनिबार एक वर्षीय बालक सहित थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३ दिनअघि संक्रमण पुष्टि भएका युवकको कन्ट्रयाक्ट ट्रेसिङग गर्दा एक बालक र आमा दुबैको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

पछिल्लो पटक संक्रमण देखिएका ५ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोरोना फोकल पर्सन प्रतिमा महताले जानकारी दिनुभयो । 

उहाँका अनुसार संक्रमित मध्ये १ वर्षको बालक र १६ महिनाको बालिका पनि छन् । संक्रमण देखिएका सबै जना भीमदत्त नगरपालिका–१८ का बासिन्दा हुन् । उनीहरु सबै क्वारेन्टिन बाहिरका हुन् । 

शनिबार संक्रमण पुष्टि भएका अन्य २ जना भने क्वारेन्टिन मै बसिरहेका हुन् । भदौ २४ मा संक्रमण पुष्टि भएका ५ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा १४२ जनाको स्वाबको नमूना संकलन गरिएको थियो । 

अन्यको भने रिपोर्ट नेगेटिभ आएको भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत भीम महराले बताउनुभयो । कञ्चनपुरमा हालसम्म ७२५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ६८० जना संक्रमण मुक्त भईसकेका छन् । 


प्रतिक्रिया