वीपी प्रतिष्ठानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

आश्विन ९, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको छ । यो सहित प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु हुने संक्रमितको संख्या ३३ पुगेको छ ।

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज नगरपालिका ३ का ७० बर्षीय र मोरङको कानेपोखरी १ का ५५ बर्षीय पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको हो । राजविराजका संक्रमितको भदौ २५ गते गजेन्द्रनारायण सिंह अस्पतालमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । ज्वरो खोकी र निमोनियासंगै स्वासप्रश्वासमा समस्या भएपछि भदौ २८ गते राती प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

यसैगरी मोरङ्का पुरुषलाई आन्द्राको क्यान्सरको शल्यक्रिया पछि उपचार भइरहेको अवस्थामा कोरोना संक्रमित भएर कोभिड अस्पतालमा भर्ना भएका थिए । उपचाररत अवस्थामा उनको पिसिआर जांच गर्दा कोरोना पोजेटिभ देखिएपछि असोज ८ गते कोभिड अस्पतालमा स्थानान्तरण गरिएको प्रवक्ता प्राडा सापकोटाले बताउनुभयो । 


प्रतिक्रिया