प्रदेश ५ सरकारले चाडपर्वका समय नेपाल-भारत सीमाबाट हुने आवत जावतलाई नियन्त्रण गर्ने

आश्विन ९, २०७७ | बुटवल

प्रदेश ५ सरकारले चाडपर्वका समयमा नेपाल-भारत सीमाबाट हुने आवत जावतलाई नियन्त्रण गर्ने भएको छ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले जोखिम कम नभएकाले यस्तो निर्णय गरेको जनाएको छ ।

 केन्द्रले त्यसकालागि सीमा नाका व्यवस्थापन गर्ने, सशस्त्र र जनपथ प्रहरी सबै क्षेत्रमा परिचालन गर्ने, सीमामा अभिलेख राख्ने र हेल्थ डेस्क सञ्चालन गर्ने जनाएको छ । केन्द्रले जोखिम कम भएका जिल्ला तथा स्थानमा विद्यालय सञ्चालन गर्न र आवश्यक परेमा मर्जनगरि पठन पाठन सुचारुप गर्न निर्देशन दिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । 

प्रदेशले लुम्बिनी प्रादेशिक अस्पतालको धागो कारखानास्थित उपचार केन्द्र र दाङको बेलझुण्डी आयुर्वेद अस्पतालमा लक्षण देखिएका बिरामीको मात्र उपचार गर्ने गरि उच्च क्षमताको अक्सिजन युनिटसहितको सेवा विस्तार गर्ने निर्णय गरेको छ ।  


प्रतिक्रिया