भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

आश्विन १२, २०७७ | चितवन

कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ घर भएका ५५ वर्षीय पुरुष रहेका छन् । 

दुबै मिर्गौलाले काम नगरेपछि उनले अस्पतालमा डायलाइसिस सेवा लिदै आएका थिए । उनमा असोज ४ गते कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । असोज ७ गते उनी भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । 

स्वास्थ्य अवस्था थप चिन्ताजनक भएपछि असोज ८ गते कोभिड आइसीयूमा राखेर उपचार र डायलाइसिस गराउँदै आएको सूचना अधिकारी पौडेलले बताउनुभयो । उपचारकै क्रममा सोमबार दिउँसो सवा एक बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

योसहित चितवनमा कोराना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । जसमध्ये चितवनका १९ रहेका छन् । अरु उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएका बाहिरी जिल्लाका संक्रमितहरु हुन् । 


प्रतिक्रिया