वीपी प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

कार्तिक १०, २०७७ | सुनसरी

कोरोना संक्रमणबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान उपहानगगरपालिका–१६ की ८३ वर्षीया वृद्धाको सोमबार बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । 

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ती वृद्धा उच्च रक्तचापका दीर्घरोगी थिए । उनलाई गत मंगलबार कोरोना संक्रमण देखिएको थियो ।

यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का ६३ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका दीर्घरोगी उनलाई कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 


प्रतिक्रिया