वीपी प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु

कार्तिक १६, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । 

उच्च रक्तचापका दीर्घरोगी ती वृद्धको शनिबार नै मृत्यु भएपनि प्रतिष्ठानले सोमबार मात्र औपचारिक जानकारी दिएको हो । उनलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी विभागमा भर्ना गरिएको थियो । 

प्रतिष्ठानले कोभिड अस्पतालमा स्थानान्तर गर्ने तयारी गर्दा गर्दै वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले बताउनुभयो । यो सहित प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८० जना पुगेको छ । 


प्रतिक्रिया