पाल्पामा कोरोना संक्रमणबाट थप एकको मृत्यु

कार्तिक १८, २०७७ | पाल्पा

लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको रामपुर नगरपालिका–७ निवासी ४४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । 

कात्तिक ५ गते कोरोना भाइरस पुष्टि भएका उनमा निमोनियाको समस्या रहेको थियो । एक सातादेखि प्रभासस्थित कोभिड उपचार कक्षमा उनको उपचार भईरहेको थियो । 

सुधार भएपछि आइसोलेसनमा बस्न घर रामपुर गएका रानालाई सोमबार राति पुन: श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज भर्ना गरिएको थियो । 

उपचारको क्रममा रामपुरका ४४ वर्षीय ती पुरुषको मंगलबार मृत्यु भएको हो । योसँगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । 


प्रतिक्रिया