स्थानीय तहको राजश्व पठाउन ताकेता

कार्तिक २२, २०७७ | रुपन्देही

लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई राजश्व पठाउन ताकेता गरेको छ । राजश्व बुझाउन आनाकानी गरेपछि प्रदेश सरकारले ताकेता गरेको हो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्राचार गरेर राजश्व बुझाउन ताकेता गरेको मन्त्रालयका प्रवक्ता एवं उपसचिव जनार्दन पौडेलले बताउनुभयो ।

प्रदेशले स्थानीय तहमार्फत प्रदेश ढुंगा, गिटी, बालुवा, दहत्तर, बहत्तर र मनोरन्जन एवं विज्ञापन करको ४० प्रतिशत राजश्व लिने गर्छ । चालु आर्थिक वर्षमा ५९ करोड ५१ लाख रुपैयाँ उठाउने लक्ष्य छ । तर, आर्थिक वर्षको तीन महिना बित्दासम्म जम्मा १ करोड १२ लाख ६१ हजार रुपैयाँ मात्रै उठेको छ । 

१४ वटा स्थानीय तहले मात्रै नदीजन्य पदार्थको राजश्व प्रदेश सरकारलाई बुझाउने गरेका छन् । विज्ञापन र मनोरन्जन कर भने ५ वटा स्थानीय तहले मात्रै बुझाएका छन् ।  


प्रतिक्रिया