स्याङ्जाका ५१ वर्षीय कोरोना संक्रमितको मृत्यु

कार्तिक २३, २०७७ | पाल्पा

कोरोना भाइरसको संक्रमणबाट लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ का ५१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

१६ गते मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका थिए । कोरोना भाइरस शंका लागेर पीसीआर लिँदा उनमा १८ गते कोरोना पोजेटिभ पुष्टि भएको भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।


प्रतिक्रिया