पोखरामा कोरोना संक्रमित थप ७ जनाको मृत्यु

मंसिर ५, २०७७

पोखरामा कोरोना संक्रमितथप ७ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २७ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक २९ मा कोरोना पुष्टि भएका उनलाई बाइल्याटरल निमोनिया, उच्च रक्तचाप समस्या थियो ।

पोखरा–८ का ५४ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान गण्डकी मेडिकल कलेजमै उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक २३ मा कोरोना पुष्टि भएका उनी बाइल्याटरल निमोनिया, मृगौला रोग, उच्च रक्तचापबाट समेत पीडित थिए ।

गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा आज बिहान तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई कात्तिक ३ म कोरोना पुष्टि भएको थियो ।

पोखरा–९ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । प्रतिष्ठानमै उपचारको क्रममा पोखरा–२१ का ७५ वर्षीय कोरोना संक्रमित पुरुष्को गएराति मृत्यु भएको हो ।

प्रतिष्ठानमा उपचारको क्रममा पोखरा १७ का २९ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भयो । आज नै कोरोना परीक्षण पोजिटिभ आएका उनलाई निमोनिया र हातखुट्टा गल्ने समस्या देखिएको अस्पतालले जनाएको छ ।

पोखरा–१३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको प्रतिष्ठानमै उपचारका क्रममा आज मृत्यु भएको हो । उनलाई निमोनिया, मृगौला रोग र मधुमेहको समस्या थियो । गण्डकीमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताउनुभयो । 


प्रतिक्रिया