चार वटा निर्माण कम्पनी कालोसूचीमा

मंसिर ६, २०७७ | काठमाडौं

सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । 

बिभिन्न निकायबाट प्राप्त उजुरीका आधारमा कार्यालयले ती कम्पनीलाई १ बर्षका लागि कालोसूचीमा राखेको हो । यो अवधीमा ती कम्पनीले कुनैपनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन् । 

कारवाहीमा पर्ने निर्माण कम्पनीहरुमा एमएस ओरा ईन्टर ट्रेड काठमाडौं, बजरंगबली निर्माण सेवा बझाङ, बि एण्ड एम निर्माण सेवा डडेल्धुरा, दे बिशेष तारा निर्माण सेवा रोल्पा र ढकाल कन्स्ट्रक्सन धादिङ रहेका छन् ।

सार्वजनिक निकायले कालोसूचीमा राख्न गरेको पत्राचार र प्रमाणका आधारमा यी कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । सवै निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कारवाही गरिएको हो । 


प्रतिक्रिया