चन्द समूहका कम्पनी सेक्सन कमाण्डर पक्राउ

मंसिर ७, २०७७ | मोरङ

मोरङको उर्लावारी नगरपालिका–६ रमाइलो टोलबाट प्रहरीले हतियारसहित प्रतिवन्धित नेत्रविक्रम चन्द समूहका कम्पनी सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ताप्लेजुङका ३२ वर्षीय पेम्वा साङ्गे शेर्पा छन् । उनको साथबाट १ थान पेस्तोल, ३ राउण्ड गोली र १ थान म्याग्जिन बरामद भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । 

पक्राउ परेका शेर्पा चन्द समूहको ४ नम्बर कम्पनीका सेक्सन कमाण्डर रहेको मोरङ प्रहरीले जनाएको छ ।


प्रतिक्रिया