संघीय सरकारको बिरोधमा बुटवलमा प्रदर्शन

तस्बिर : सन्जु पौडेल, रेडियो कान्तिपुर ।  

मंसिर ८, २०७७ | रुपन्देही

संघीय सरकार जनताको चाहना र भावना अनुसार चल्न नसकेको भन्दै बिभिन्न ९ वटा राजनीतिक दलले आज रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् । 

ऱ्यालीसंगै सुरु भएको प्रदर्शन विरोध सभामा परिणत भएको थियो । कार्यक्रममा नेकपा( मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्टिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा ( माओवादी केन्द्र), राष्टिय जागरण मंच, राष्टिय जागरण परिषद, नेकपा मास्कवादी (पुष्पलाल) लगाएतका ९ दल सहभागि थिए । 

उनीहरुले अहिलेको सरकार एकपछि अर्को आन्तरिक विवादमा डुबेको भन्दै कुनै पनि जनपक्षीय काम नभएको आरोप लगाए ।

संयुक्त विरोध कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले किसानका समस्यामा सरकारले कुनै सरोकार नराखेको भन्दै किसानलाई मल, वीउ समय मै उपलव्ध गराउन माग गर्नुभयो । ‘किसानका समस्यालाई राज्यले उपेक्षा गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसीले सरकार कालोबजारी, महंगी र भ्रष्टाचार नियन्त्रणमा खरो रुपमा उत्रन नसकेको बताउनुभयो । 


प्रतिक्रिया