इलामको सन्दकपुरमा सशस्त्रको बीओपी स्थापना

मंसिर ८, २०७७ | काठमाडौं

इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलाम मातहतमा रहने सो बीओपी सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा स्थापना भएको छ । 

बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी/पैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायत काममा परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ । इलामको सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाका भन्दा करीब १ किलोमिटर वर बीओपी स्थापना भएको हो । 

सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामग्री सहित आजैबाट नियमित डिउटीमा खटिएको एपीएफले जनाएको छ । सीमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथामका लागि सशस्त्र प्रहरीले बोर्डर आउट पोष्टहरु थप गर्दै लगेको छ । 

हालसम्म चीन र भारतसँग सीमा जोडिएका विभिन्न स्थानमा १ सय ८९ वटा बीओपी स्थापना भईसकेका छन् । पहिलो चरणमा बीओपीको संख्या २ सय २१ वटा पुर्‍याउने योजना सशस्त्र प्रहरीको छ । 


प्रतिक्रिया