सर्वसाधारणको लगानीमा २५ मेगावाट विद्युत

मंसिर ९, २०७७ | बुटवल

रूपन्देही र कास्कीका सर्वसाधारणको लगानीमा २५ मेगावाट विद्युत उत्पादन थालिएको छ । बुटवलमा रहेको भिजन लुम्बिनी कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजना निर्माण थालेको हो । 

सहकारी मोडलमा जनस्तरबाट रकम संकलन गरी १ अर्ब ५० करोड सेयर पुँजीबाट विद्युत् उत्पादन थालिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा उत्पादित विद्युत् अबको १९ महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

विद्युत् गृह निर्माणको काम करिब १५ प्रतिशत सकिएको छ । ५ अर्ब लागत अनुमान गरिएको विद्युत्गृह निर्माणमा सर्वसाधारणको डेढ अर्ब लगानी हुनेछ । जसमा रूपन्देहीका करिब ५ सय र कास्कीका ६ सय सर्वसाधारणको लगानी छ । अन्य रकम बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नेछन् ।

आयोजनाको लागत ५ अर्ब अनुमान गरिएपनि सवा चार अर्बमै सक्ने योजना रहेको कम्पनीका सञ्चालक ज्ञानेन्द्र कसजूले बताउनुभयो । प्रतिसेकेन्ड १८ घनमिटर पानी बहने सेती नदीबाट बाह्रैमहिना विद्युत् उत्पादन हुने उहाँको भनाइ छ । 


प्रतिक्रिया