मण्डललाई प्रदेश २ नेकपा संसदीय दलको नेताबाट हटाइयो

पुस २१, २०७७ | जनकपुर

प्रदेश २ को नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले मण्डलाई हटाएर दलका नेतामा सत्रुघन महतोलाई चयन गरेको छ । 

मण्डल नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहका सांसद हुन् । संसदीय दलको बैठकले मण्डललाई दलको नेताबाट हटाएर महतोलाई चयन गरेको नेकपाको दाहाल–नेपाल समूहकी सचेतक बेंची लुङेलीले जानकारी दिनुभयो । 

दलका नेताबाट मण्डललाई हटाएर महतोलाई चयन गरिएको बारे सभामुख सरोज यादवलाई जानकारी गराइएको लुङेलीले बताउनुभयो । सचेतक लुङेलीले भन्नुभयो, ‘सभामुखलाई संसदीय दलको बैठकमा निर्णय लिखित रुपमा जानकारी गराइएको छ ।’

 प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन् । नेकपा दुई खेमामा विभाजित बनेपछि दाहाल–नेपाल समूहमा १९ र ओली समूहमा १३ जना सांसद छन् । नेकपा विभाजित भएसँगै प्रदेश २ को प्रमुख प्रतिपक्षी दलको हैसियत पनि गुमाएको छ । 


प्रतिक्रिया