लुम्बिनी प्रदेशमा ५७ प्रतिशत खेतीयोग्य जमिन बाँझो

माघ ४, २०७७

लुम्बिनी प्रदेशमा खेतीयोग्य जमिनको ५७ प्रतिशत भाग बाँझो रहेको अध्ययनले देखाएको छ । कृषि उपजको कम उत्पादन, बसाईं सराई, सहज सिंचाइ र मलबीउको अभावले यतिधेरै जमिन बाँझो रहेको हो । लुम्बिनी प्रदेश सरकारको समन्वयमा काठमाडौंको स्कुल अफ ल ले गरेको अध्ययनमा ४३ प्रतिशत भूमीमा मात्रै खेती भएको छ । लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र पाल्पामा यो अध्ययन गरिएको थियो ।

जसमा कृषि उपजको उत्पादनबाट लगानी अनुसारको फाइदा नहुने भएका कारण किसानले खेतबारी बाँझै राख्ने गरेको बताइएको छ । अध्ययन प्रतिवेदनका अनुसार आधुनिक खेती प्रविधि नअंगाल्दा जमिन बाझिंदै गएको छ भने झण्डै २१ प्रतिशतले परम्परागत खेती गर्ने गरेका छन्। लुम्बिनी प्रदेशमा कुल १९ लाख ६९ हजार हेक्टर जमिनमध्ये ६ लाख ९७ हजार हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये ५ लाख ३९ हजार हेक्टरमा मात्रै खेती गरिएको छ । प्रदेशको ५१ प्रतिशत कृषियोग्य जमिनमा मात्रै सिंचाइ पुगेको छ ।


प्रतिक्रिया