गैंडाको आक्रमणबाट नवलपरासीमा एक घाइते

माघ ४, २०७७ | नवलपरासी

नवलपरासीको देवचुली नगरपालिकाको सालघारीमा गैंडाको आक्रमणबाट एक जना घाईते भएका छन । आइतबार बिहान देवचुली नगरपालिका–१५ प्रगति नगरको सालघारीका ५० वर्षीया पदमबहादुर रानाभाटलाई बाटोमा हिँड्दै गर्दा गैंडाले आक्रमण गरेको हो । 

घरबाट उत्तरतर्फको प्रगतिनगर बजार जाने क्रममा उनलाई गैंडाले आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रानाभाटको टाउको, छाती र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।


प्रतिक्रिया