दाहाल–नेपाल समूहका तीन सांसद मुख्यमन्त्री राईतर्फ

माघ ५, २०७७ | विराटनगर

नेकपाको दाहाल–नेपाल समूहका तीन सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई समर्थन गरेका छन् । प्रदेश सभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिदै दाहाल–नेपाल समुह छाडेका हुन् । 

प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको बताउनुभयो । पत्रमा नेकपाका सांसद भएर नेकपाकै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु उपयूक्त नठानेर हस्ताक्षर फिर्ता लिएको उल्लेख छ । यसअघि प्रदेश सभा सदस्य कला घले र बसन्तिदेवी यादवले मुख्यमन्त्री राई विरुद्धको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका छन् । यद्यपि उनीहरुले औपचारिक रुपमा प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छैनन् । 

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राई विरुद्ध गत पुस १२ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन पर्सी बुधबार सुरु हुँदै छ । 


प्रतिक्रिया