पछिल्लो २४ घण्टामा ३ सय २२ जनामा कोरोना पुष्टि

माघ ५, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९ सय ६५ जना पुगेको छ । पछिल्लो समय पीसीआर परीक्षणको दायरा घटेसँगै संक्रमितको संख्यामा पनि कमी आएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६ नमूनाको पीसीआर परीक्षण गर्दा थप ३ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म मुलुकमा संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ । 

मूलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ३ हजार ८ सय ६१ मा झरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १६ हजार ७ सय ५८ परीक्षणहरु गरिएका छन् ।  


प्रतिक्रिया