काठमाण्डौं विश्वविद्यालयको उपकुलपतिमा थापा नियुक्त

माघ ७, २०७७ | काठमाडौं

काठमाडौ विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उहाँलाई उपकुलपति नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा उहाँलाई उपकुलपति नियुक्त गरिएको हो । 

उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुईंटेलको नाम सिफारिस गरेको थियो । काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्राध्यापन पेशा गर्दै आउनुभएका प्राडा थापाले विश्वविद्यालयमा २७ वर्ष बिताइसक्नु भएको छ । नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार हुनुभएको थियो ।

उपकुलपति हुनका लागि ४४ जनाले आवेदन दिएका थिए ।


प्रतिक्रिया