बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने, घर बस्न नसके वन पस्ने : कांग्रेस नेता थापा

माघ ८, २०७७ | बुटवल

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सरकार चलाउन नसके राजनीति छोड्नुपर्ने बताउनुभएको छ । आज बुटवलमा आयोजित विरोध सभामा बोल्दै नेता थापाले सरकार चलाउन नसकेर संसद भंग गरेको भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गर्दै संविधानमै नभएको व्यवस्थाबाट संसद भंग गर्नु केपी ओलीको असंवैधानीक र गैरराजनीतिक कदम भएको बताउनुभयो । 

नेता थापाले भन्नुभयो ‘बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने घर बस्न नसक्ने वन पस्ने मलाई अदालतमा उभ्याइए त्यही जवाफ दिन्थे ।’ संविधानमै नभएको व्यवस्थाको यस्तो प्रश्न सोधर न्यायधिशहरुले समेत समय खेर फाल्न नहुने उहाँले बताउनुभयो । नेता थापाले प्रधानमन्त्रीले संसद भंग गरेर देशलाई दुर्घटनामा फसाएको दावी गर्नुभयो । 

प्रधानमन्त्रीले गरेको असंवैधानीक कदमलाई सर्वोच्च अदालतले सच्चाइदिनुपर्ने उहाँले तर्क गर्नुभयो । सर्वोच्च अदालतले कुनै भ्रममा नपरी संविधान सम्झेर निर्णय गर्ने विश्वाश आफूमा रहेको बताउदै त्यसबाहिर न्यायधिश जान नहुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘बाहिर भएको हल्लाले प्रभाव नपारोस् । बन्द कोठाको खासखुसले पनि प्रभाव नपारोस्, ‘न्यायधिशहरुलाई आफ्नो ड्युटी र कर्तव्यले मात्रै प्रभाव पारोस् ।’ नेता थापाले प्रधानमन्त्री केपी ओलीले एक्कासी नभइ दुई अढाइ वर्षको डिजाइनले संविधानलाई धरापमा पार्ने काम गरेको आरोप समेत लगाउनुभयो । 


प्रतिक्रिया