हुस्सुले कर्णालीमा हवाई उडान प्रभावित

माघ ९, २०७७ | मुगु

मौसम प्रतिकुल बनेपछि हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा दुई दिन देखि हवाई उडान प्रभावित भएको छ ।

बिहानै देखि नेपालगञ्ज र सुर्खेतमा बाक्लो हुस्सु लाग्ने र मध्यान्ह पछि मुगु हुम्ला र डोल्पामा हावा चल्दा दुई दिन देखि हवाई उडान अबरुद्ध भएको हो नेपालगञ्जमा बिहानै बाक्लो हुस्सु लाग्ने र मध्यान्ह पछि हुम्ला सिमकोटमा हावा चल्ने समस्याले गर्दा दुई दिन देखि हवाई उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख बिष्णु प्रसाद अधिकारी बताउनुभयो । दुई दिनदेखि हवाई उडान नहुँदा नेपालगञ्ज सुर्खेत तर्फ झर्ने यात्रु र सुर्खेत नेपालगञ्ज देखि जाने यात्रुहरु मारमा परेका छन् ।

हवाई सेवा अबरुद्ध भएपछि यात्रुहरु ४० हजार रुपैयाँमा जीप भाडामा लिएर नेपालगञ्ज र सुर्खेत आउन बाध्य भएका छन् । तराइको बाक्लो हुस्सुले कर्णालीका जिल्लामा हवाइ उडान प्रभावित बनाए पछि जहाजको टिकट लिएका यात्रुहरु बिहानै एयरपोट धाउने र मध्यान्ह पछि घर फर्किने गरेका छन । हुस्सुले गर्दा हवाई उडान प्रभावित हुदा मुगुको पर्यटकीयस्थल रारा घुम्न आउने आन्तरिक पर्यटकहरु बढी मर्कामा परेका छन् ।


प्रतिक्रिया