५ केजी नुन लिन २ दिन पैदल

माघ २८, २०७७ | मुगु

मुगुको मुगुम–कार्मारोङ गाउँपालिकामा नुन वितरण डिपो नहुँदा स्थानीय ५ केजी नुन लिन २ दिन पैदल हिडेर साल्ट्र ट्रेनिङ कर्पोरेशनको गमगढी कार्यालय पुग्ने गरेका छन् । ५ बर्ष देखि तिब्बत नाका बाट ढिके नुन आयत हुन छोडेपछि गाउँपालिकाका १८ वटा बस्तीका स्थानीय ५ केजी नुन लिन २ दिन पैदल हिडेर गमगढी पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो ।

५ केजी नुन लिन गमगढी जाँदा र फर्किदा प्रतिब्यक्ति ५ हजार रुपैयाँ खर्च हुने गरेको स्थानीयको भनाई छ । चितै, डोल्फू, कार्ति, किम्री र मुगु गाउँका स्थानीय लगातार दुई दिन हिडेर गमगढी पुगेर ५ केजी नुन लिएर फर्किने गरेका छन । पुलू, माग्री, मह, रिउस, दाउरा ताखा, खारी लगायत गाउँका स्थानीय १ दिन हिडेर गमगढी ५ केजी नुन लिन जाने गरेका छन । 

छायाँनाथ रारा नगरपालिका र सोरु खत्याड गाउँपालिकामा भने नुन बिक्रि डिपो छ । नुन डिपो स्थापनाको लागि गाउँपालिकाले लिखित रुपमा पहल गरे डिपो स्थापना हुन सक्ने जिल्ला साल्ट ट्रेनिङ कर्पोरेशन बिक्री केन्द्रका प्रमुख खगेन्द्र कार्कीले बताउनुभयो । मुगुको गमगढी, सोरु र खत्याड गाउँपालिकामा बार्षिक १५/१५ सय क्वीन्टल नुन कोटा रहेको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया