४ एसएसपीको सरुवा

फाल्गुन ३, २०७७ | काठमाडौं

गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना वरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ । गृह मन्त्रालयले एसएसपी दिपक थापा, चन्द्रकुवेर खापुङ, हरिराज वाग्ले र मधुसुदन लुईंटेलको सरुवा गरेको हो । 

एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुनुहुथ्यो । थापाको स्थानमा गृह मन्त्रालयले एसएसपी खापुङलाई पठाएको छ । 

थापाको प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखामा सरुवा भएको छ । यस्तै, एसएसपी वाग्लेको कार्य तथा अपराध अनुसन्धान विभाग तथा लुईंटेलको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।  


प्रतिक्रिया