देउवाका कारण प्रधानमन्त्री अधिनायकवादी भएको पौडेलको आरोप

फाल्गुन ९, २०७७ | सुनसरी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काउँदै हिँड्न थालेको आरोप लगाउनुभएको छ । सुनसरीको इटहरीमा विहान आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले देउवाकै कारण प्रधानमन्त्री ओली अधिनायकवादी भएको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टी सभापतिलाई आफूले प्रष्ट रुपमा प्रतिनिधि सभा विघटन जस्तो असंवैधानिक कदमको विरुद्धमा आवाज उठाउन आग्रह गर्दा अदालतको निर्णय पर्खिने भन्दै पन्छिएको बताउनुभयो । धाँधली गरेर जित्ने अवस्था सिर्जना नभएसम्म चुनाव नगराउने कुरा प्रधानमन्त्री ओलीको अभिब्यक्तिबाट प्रष्ट भएको पौडेलले बताउनुभयो ।

कांग्रेसले प्रधानमन्त्रीको तानाशाही प्रवृतिको प्रतिवाद गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले पैसाको अभावमा आन्दोलन नरोकिने बताउनुभयो । विचारले आन्दोलन गर्ने भन्दै उहाँले पार्टी सभापतिले आन्दोलन गर्न पैसा छैन भन्ने बेतुकको तर्क गरेको बताउनुभयो । प्रदेश सरकारमा आएको अविश्वास प्रस्तावको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ भनेपनि सभापति देउवाबाट उत्तर नपाएको नेता पौडेलको भनाई थियो ।


प्रतिक्रिया