बास्तोला मृत्यु प्रकरण: दर्जी पूर्पक्षका लागि थुनामा र राई तीन लाख धरौटीमा छाडिने

फाल्गुन १३, २०७७ | विराटनगर

मोरङ उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको हत्या आरोपमा पक्राउ परेका रिकेश शिवा भन्ने मेहरमान दर्जीलाई पूर्पक्षका लाथि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको छ । अर्का आरोपी कुमार राईलाई भने ३ लाख धरौटीमा तारेखमा रिहा भएका छन् ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आज सो आदेश दिएको हो ।

घटनामा ६ जनाविरुद्ध हिजो कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । अभियोग पत्र साथ उपस्थित गराइएका दुबै जनासँग हिजो अदालतमा बयान लिइएको थियो । बाँकी ४ जनाबिरुद्ध पनि मुद्दा दर्ता भएको र पक्राउ पुर्जी जारी गर्ने तयारी भएको अदालतले जनाएको छ । 


प्रतिक्रिया