नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने

फाल्गुन १३, २०७७ | काठमाडौं

सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । नेकपाको दाहाल–नेपाल समूह नयाँ समीकरणका लागि कांग्रेस, जसपालगायत दलसँग परामर्शमा रहेका बेला कांग्रेसको यस्तो धारणा आएको हो ।

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको हो । 

बैठकमा सहभागि नेता कृष्णप्रसाद सिटौलाले नेकपा दुबै समूहको विवाद टुंगिएपछि कांग्रेसले आफ्नो भूमिका क्लियर गर्ने बताउनुभयो । नेकपाका दाहाल–नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुबै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुनै पक्षलाई समर्थन वा विरोध नगर्ने निष्कर्षमा पुगेको उहाँको भनाई थियो ।  


प्रतिक्रिया