पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला: भारत

फाल्गुन १३, २०७७ | दिल्ली

भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ भन्ने कान्तिपुरको प्रश्नमा प्रवक्ता अनुराग श्रीवास्तवले आन्तरिक मामिला भएको उल्लेख गर्नुभएको हो । 

विगत केही महिनादेखि नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको र नेपालको आन्तरिक मामिला भन्दै आएको उहाँको भनाई थियो । प्रवक्ता श्रीवास्तवले नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा भारतको विश्वास रहेको समेत बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको गत पुष ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयबारे समेत आन्तरिक मामिला भन्दै भारतले कुनै प्रतिक्रिया दिएको थिएन । 

भारतले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति ढिलो प्रतिक्रिया जनाउनुलाई दिल्लीस्थित विश्लेषकहरुले उसको फेरिएको छिमेक नीतिका रुपमा अथ्र्याउने गरेका छन् । साथै नेपालको राजनीतिमै ‘उथलपुथल’ ल्याउने संसद विघटन हुँदा समेत भारतले मौनता साँध्नुलाई ओलीको कदमलाई उसको ‘ग्रिन सिग्नल’ का रुपमा पनि आशंका गरिदै आएको थियो । 


प्रतिक्रिया