एकै परिवारका ३ जनाको मृत्यु

चैत्र ७, २०७७ | मनाङ

मनाङको नासों गाउँपालिका ४, खोत्रोमा ट्रक दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना हुँदा ओडार गाउँका ७ बर्षीय लिउन गुरुङ, ३५ बर्षीया मनिषा गुरुङ र २६ बर्षीया जलकाशी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रक अनियन्त्रित भई सडकबाट करीब ४५ मिटर मस्र्याङ्दी नदी किनारमा खसेको डीएसपी सुवास खड्काले बताउनुभयो । घाइते तीन जनाको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया