पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

वैशाख २, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ८८ पीसीआर परीक्षण गर्दा ४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै ५ सय ६४ जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 नेपालमा हालसम्म २३ लाख २९ हजार ५ सय ४७ पीसीआर परीक्षण भएका छन् । मूलुकभर ४ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ५७ जना निको भएर डिस्चार्ज भएका छन् ।

 मूलुकभर विभिन्न अस्पतालका आइसीयुमा ९१ र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ । यी मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३७ जनाको आइसीयु र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसंगै मूलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ । 


प्रतिक्रिया