एक महिनाअघि हराएका बुटवलका व्यवसायी बागलुङमा गाडिएको अवस्थामा फेला

वैशाख २, २०७८ | बुटवल

बुटवलका व्यवसायी नारायण बसेलको शव बेपत्ता भएको एक महिनापछि बाग्लुङमा गाडिएको अवस्थामा भेटिएको छ । बुटवल–११ कालिका नगरमा सियोर जब डटकम सञ्चालन गर्दै आएका उनको शव बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाम बेसींमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताउनुभयो । 

देवचुली नगरपालिका–३ केवरानी नवलपरासी स्थायी ठेगाना भएका ३२ वर्षे बसेल चैत ४ गते साँझदेखि सम्पर्क विहिन थिए । चैत ५ मा उनका दाजु भागीरथ बसेलले प्रहरीमा उजुरी दिएका थिए । हत्याको आरोपमा प्रहरीले बुटवलमा क्यान्टिन चलाउँदै आएका मित्रलाल खनाललाई नियन्त्रणमा लिएको छ । मुख्य आरोपी उनका दाजु गौरीशंकर खनाल भने फरार छन् । उनीहरु ढोरपाटनका रहेको प्रहरीले बताएको छ । आर्थिक लेनदेनमा विवाद भएपछि खनाल दाजुभाइले बुटवलमा उनको हत्या गरी शव सुटकेशमा राखेर ढोरपाटन पुर्‍याएको प्रहरीको भनाई छ ।  


प्रतिक्रिया