हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

वैशाख ३, २०७८ | सप्तरी

सप्तरीमा हात्तीको आक्रमणमा परी आज बिहान एक जनाको मृत्यु भएको छ । 

हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजका ६० वर्षीय नारायण प्रमानीको हात्तीको आक्रमण बाट मृत्यू भएको प्रहरीले जनाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ मा रहेको खेतमा गहुँ रुङ्गने क्रम बिहान साढे ३ बजे हात्तीले प्रमानीमाथी आक्रमण गरेको थियो । 


प्रतिक्रिया