महाकाली अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

वैशाख १३, २०७८ | कञ्चनपुर

कोरोना भाइरसको संक्रमणबाट महाकाली अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार उनीहरु दुबैको भर्ना भएदेखि नै आईसीयूमा उपचार भईरहेको थियो । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुषको सोमबार दिउँसो र भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुषको आईतबार राति मृत्यु भएको महाकाली अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले बताउनुभयो । 

६० वर्षीय पुरुष शनिबार अस्पतालमा भर्ना भएका थिए । ७० वर्षीय पुरुष शुक्रबार अस्पताल भर्ना भएको अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले बताउनुभयो । 

‘उनीहरु सिधै आईसीयूमै भर्ना भएका हुन्,’ भट्टले भन्नुभयो, ‘त्यतिबेला देखि नै उनीहरु गम्भीर थिए ।’ महाकाली अस्पतालमा ४३ जना कोभिड–१९ का संक्रमितको उपचार भईरहेको छ । ती मध्ये ४ जनाको आईसीयूमा उपचार भईरहेको छ ।


प्रतिक्रिया