८५ प्रतिशत व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङबाट बचाउन सकिने विज्ञको भनाई

वैशाख २६, २०७८ | काठमाडौं

विज्ञहरुले नेपालको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै कोभिड परीक्षणको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् । मन्त्रालयले आयोजना गरेको प्रेस व्रिफिङका क्रममा डा विराज कर्माचार्यले निषेधाज्ञाले मात्र संक्रमण रोकथाम र न्युनिकरण नहुने भन्दै कन्ट्याक्ट ट्रेसिङ आवश्यक रहेको बताउनुभयो । ८५ प्रतिशत व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङबाट बचाउन सकिने उहाँको भनाई थियो । कोरोना संक्रमणको लक्षण देखिएको १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने पनि विज्ञले सुझाएका छन् । 

कोरोना संक्रमणको दर केही दिन यता उच्च बनेसंगै यसको रोकथाम र नियन्त्रणमा स्थानीय तहले महत्वपूर्ण भूमिका निभाउन सक्ने पनि उहाँको भनाई थियो । स्थानीय निकायले आ आफ्नो क्षेत्रमा क्षमताले भ्याएसम्म अक्सिजन र आइसोलेसनको व्यवस्था गर्नु अति नै आवश्यक रहेको विज्ञको भनाई छ । अक्सिजन र केही साधारण औषधि मात्र भएको खण्डमा पनि धेरै कोभिडका बिरामीलाई उपचार गर्न सकिने उनीहरुले बताएका छन् ।  


प्रतिक्रिया